A king's offering to his cityराजाले नगरलाई चढाएको भेटी
In 1697 (Nepal Sambat 761), King Siddhi Narasimha Malla of Patan started a dance-drama for his people. People in Patan say he meant it to free the city from fear and bring it peace. His teachers, Pandit Harivansha Upadhyay and Vishwanath Upadhyay, helped him shape it.
नेपाल संवत् ७६१ (सन् १६९७) मा पाटनका राजा सिद्धिनरसिंह मल्लले आफ्ना प्रजाका लागि यो नाटक-नाच सुरु गर्नुभयो। नगरलाई भयबाट मुक्त गरी शान्ति ल्याउन यो नाच सुरु गरिएको पाटनबासी बताउँछन्। उहाँका गुरु पण्डित हरिवंश उपाध्याय र विश्वनाथ उपाध्यायले यसलाई आकार दिन सघाउनुभयो।
It began with five days. His son Srinivasa Malla, his grandson Yog Narendra Malla and later kings added more stories until it ran for nearly a month. The dances tell the stories of Vishnu's avatars. The best loved is Narasimha, the man-lion, who kills the demon king Hiranyakashipu to protect the boy Prahlad.
पाँच दिनबाट सुरु भएको नाचमा उहाँका छोरा श्रीनिवास मल्ल, नाति योगनरेन्द्र मल्ल र पछिका राजाहरूले कथा थप्दै झन्डै एक महिना पुर्याए। यी नाचले विष्णुका अवतारका कथा देखाउँछन्। सबैभन्दा प्रिय कथा नृसिंहको हो, जसले बालक प्रह्लादको रक्षा गर्न दैत्यराज हिरण्यकशिपुको वध गर्छन्।
The songs were once sung in Maithili, the language of the Malla court. Today they are sung in Nepali so that younger audiences can follow them.
मल्ल दरबारको भाषा मैथिलीमा गाइने गीत आज नयाँ पुस्ताले बुझून् भनेर नेपालीमा गाइन्छ।
Some of the seventeen storiesसत्र कथामध्ये केही
- नृसिंह अवतारNarasimha kills Hiranyakashipuहिरण्यकशिपु वध
- वराह अवतारVaraha defeats Hiranyakshaहिरण्याक्ष वध
- देवी प्याखंThe goddess danceदेवी नाच
- बथे प्याखंBathe Pyakhan
- सुरदास प्याखंSuradas Pyakhan
Organisers describe it as the longest-running theatre festival in the world.
आयोजकहरू यसलाई संसारकै सबैभन्दा लामो नाट्य पर्व भन्छन्।



